Saturday, January 18, 2025
Home > मुख्य समाचार > ६० दिन भित्र पनि मेलम्चीको पानी काठमाडौ नआउने

६० दिन भित्र पनि मेलम्चीको पानी काठमाडौ नआउने

काठमाडौ, १८ मंसिर । खानेपानी मन्त्री र खानेपानी सचिवले भने जस्तो ६० दिन भित्र मेलम्चीको पानी काठमाडौमा नआउने भएको छ ।

प्रतिनिधिसभा अन्र्तगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे स्थलगत अनुगमन गरि तत्काल मेलम्चीको पानी काठमाण्डौ आउने संभावना नरहेको ठहर गरेको हो । सतही व्याख्या र अनुमान भन्दा निर्माण प्रक्रिया भिन्न भएको भन्दै समितिले स्थलगत अध्ययनको क्रममा तत्काल मेलम्चीको पानी काठमाण्डौ आउने संभावना नदेखिएको प्रतिक्रिया दिएको छ । गत आईतबार बसेको विकास तथा प्रविधि समितिको बैठकमा खानेपानी सचिव गजेन्द्र कुमार ठाकुरले ६० दिनभित्र मेलम्चीको पानी काठमाडौ आउने दाबी गर्नुभएको थियो । उहाँले ६० दिनभित्र सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिन भित्र काठमाडौंको घरघरमा पानी पुर्याउने दावी गर्नुभएको थियो ।

त्यसैगरी २०७४ चैत ८ गते राजधानीमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दशै अगाडिनै मेलम्चीको पानी काठमाण्डौ आउने ठोकुवा गर्नुभएको थियो । मन्त्री र सचिवले आ आफ्ना मिति घोषणा गरेपनि आयोजना निर्माणको यथास्थित भने भिन्न छ । साच्चै मन्त्री र सचिवको अभिव्यक्ति अनुसार ६० दिन भित्र मेलम्चीको पानी काठमाण्डौ आउने अवस्था छैन । राष्ट्रिय सरोकार तथा समन्वय समितिले सोमबार बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा पनि त्यस्तै देखियो । अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फाइनल फिनिसिङ , २ वटा भेन्टीलेसन साइट निर्माण, ९ वटा हाईड्रोमेकानिक जडान, २ सय ४० मिटर सुुन्दरीजल सप्लाई पाईप जडान, र १ सय वटा विभिन्न किसिमका इक्वीपमेन्ट जडान लगायतका काम बाँकी नै छ । बाँकी रहेको काम कम्तीमा मार्च २०१९ अर्थात् २०७५ चैत सम्ममा सक्ने लक्ष आयोजनाले लिएको छ । मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा पटक पटक समय थप हुदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *