Saturday, January 18, 2025
Home > मुख्य समाचार > २ नम्बर प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ हुनुपर्छ : राजेन्द्र महतो

२ नम्बर प्रदेशको नाम ‘मधेश प्रदेश’ र राजधानी ‘जनकपुर’ हुनुपर्छ : राजेन्द्र महतो

विराटनगर, २५ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा)का संयोजक राजेन्द्र महतोले २ नम्बर प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुर हुनुपर्ने बताउनु भएको छ ।

राजपाले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महतोले मधेशमा अगाडि पछाडि अरु नाम जोडिए पनि आपत्ति नहुने बताउनु भयो । ऐतिहासिक, सांस्कृतिक हिसावले प्रदेशको राजधानी भने जनकपुर नै हुनुपर्ने प्रदेशबासीको इच्छा रहेको आफूले बुझेको उहाँको भनाइ थियो । यद्यपि प्रदेशको नाम र राजधानीको विषय विधान सभाले टुंग्याउने र उसैको अधिकारको विषय रहेको पनि उहाँले बताउनु भयो । वर्तमान संघीय सरकार प्रत्येक कुरामा असफल हुँदै गएको भन्दै सरकारको समर्थन फिर्ता लिने वा नलिने भन्ने विषयमा छिट्टै टुंगो लगाउने उहाँले बताउनुभयो । संयोजक महतोले आफूले समर्थन गरेको सरकारले संविधान संशोधनमा चासो नदिएको कारण अहिले सरकारमा जाने कुनै सम्भावना नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकीकरणको कुरा चले पनि वर्तमान अवस्थामा विचार र दृष्टिकोण अलग रहेको उल्लेख गर्नुभयो । अर्को सन्दर्भमा राजपा संयोजक यादवले पार्टी भित्र कुनै पनि गुटबन्दी र असन्तुष्टि नभएको भन्दै आगामी महाधिवेशनबाट आफ्नो पार्टी पहिचान पक्षधरको राष्ट्रिय पार्टी बन्ने दाबी समेत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *