Saturday, January 18, 2025
Home > मुख्य समाचार > १ सय ९६ उद्योग/प्रतिष्ठान सामाजिक सुरक्षा कार्यक्रममा सामेल

१ सय ९६ उद्योग/प्रतिष्ठान सामाजिक सुरक्षा कार्यक्रममा सामेल

काठमाडौ, २१ मंसिर । सरकारले लागू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम’मा एक सय ९६ उद्योग/प्रतिष्ठान सामेल भएका छन ।

सामाजिक सुरक्षा कोषले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी मंसीर २० गतेसम्म सो कार्यक्रममा १ सय ९६ वटा उद्योग÷प्रतिष्ठान सूचिकरण प्रक्रियामा सामेल भएको जानकारी गराएको हो । कोषका कार्यकारी निर्देशक श्यामराज अधिकारीले मंसिर ६ गतेदेखि सो कार्यक्रममा सामेल हुन आवेदन खुला गरिएको पनि बताउनु भयो । त्यसैगरी १ सय ९४ जना रोजगारदाता पनि सो कार्यक्रमको सूचिकरण प्रक्रियामा सामेल भएका छन । सूचिकरण प्रक्रियालाई सहज बनाउन अनलाईन सेवा संचालन गरिएको पनि कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक अधिकारीले कोषले ३ महिना भित्र संस्थाका कार्यरत श्रमिक तथा कर्मचारीको सूचिकरण गरिसक्नु पर्ने व्यवस्था गरिएको पनि जानकारी दिनु भयो । कोषले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई सफल बनाउन पनि सबैलाई आह्वान गरेको छ । श्रमिकले पेन्सनसहित स्वास्थ्य उपचार, दुर्घटना र आश्रित परिवारलाई समेत पेन्सन पाउने व्यवस्थासहित प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसीर ११ गते सो कार्यक्रमको औपचारिक उद्घाटन गर्नु भएको थियो । कोषमा रोजगारदाताको २० प्रतिशत र श्रमिकको ११ प्रतिशत गरी ३१ प्रतिशत योगदान रहने व्यवस्था गरिएको छ । कोषमा श्रमिकको रकम जम्मा नगर्ने रोजगारदाताको बैंक तथा वित्तिय संस्थामा रहेको खाता, चल÷अचल सम्पत्तिदेखि राहदानी समेत रोक्का गर्ने कानुनी प्रावधान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *