Saturday, January 18, 2025
Home > मुख्य समाचार > १० वटा पानी उद्योग सिल

१० वटा पानी उद्योग सिल

चितवन, भदौ ८ । चितवन जिल्लामा रहेका मध्य १० पानी उद्योगलाई जिल्ला प्रशासन कार्यालय चितवनले शिल गरेको छ । सरकारले २०७४ असोज २७ गते जारी गरेको पानी निर्देशिका अवहेलना गर्ने ति उद्योगहरुलाई बन्द गराइएको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।उहाँले उद्योगीलाई निर्देशिकाको बारेमा २०७४ पुस २६ गते अन्तरक्रिया गरि जानकारी दिएको र ६ महिना भित्र स्वचालित पलान्ट जडान गर्न समय दिदा पनि ब्यवसायीले पलान्ट सन्चालन गर्न आलटाल गरेपछि बन्द गरिएको बताउनुभयो । निर्देशिकामा बोतलमा पानी बिक्री गर्ने उद्योगले अनिवार्य स्वचालित पलान्ट जडान गर्नु पर्ने उल्लेख छ । जिल्लामा १७ उद्योग दर्तामा रहेको र त्यो मध्य तिन बटा उद्योगले मात्र अटोमेटिक पलान्ट जडान गरेको पाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *