Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > हुवावेका उच्च अधिकारी क्यानडामा पक्राउ

हुवावेका उच्च अधिकारी क्यानडामा पक्राउ

एजेन्सी । चीनको विशाल दूरसन्चार कम्पनी हुवावेका संस्थापककी छोरी एवं कम्पनीकी उच्च अधिकारी मेङ वान्झाउलाई क्यानडामा पक्राउ गरिएको छ ।

उनलाई अमेरिका सुपुर्दगी गर्ने तयारी भइरहेको क्यानडाका अधिकारीहरुले बताएका छन् । चीनले भने उक्त पक्राउ र दुव्र्यवहारप्रति आपत्ति जनाएको छ । मेङ वान्झाउ हाल हुवावेकी प्रमुख वित्तीय अधिकृत हुन् । इरानमाथिको अमेरिकी नाकाबन्दीको हुवावेले अवज्ञा गरेको आरोपमा अमेरिकी अधिकारीहरुले अनुसन्धान सुरु गरेको बताइएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले हुवावेका गतिविधिमाथि निगरानी गरिरहेको र उक्त कम्पनी राष्ट्रिय सुरक्षाका दृष्टिले खतरापूर्ण रहेको बताउँदै आएका छन् । अमेरिका र चीनबीच जारी व्यापारिक तनावका सन्दर्भमा तीनमहिने युद्धविराम गरेको केही दिनभित्रै नयाँ विवाद सतहमा आएको छ । मेङको गिरफ्तारीसँगै एसियाली सेयरबजारमा त्यसको असर देखिएको छ । साङघाइ र हङकङको सेयरबजारमा गिरावट आउनुका साथै प्रविधि क्षेत्रको सेयरमा मन्दी छाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *