Saturday, January 18, 2025
Home > मुख्य समाचार > स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकलाई सरकारले कारबाही गर्ने

स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकलाई सरकारले कारबाही गर्ने

काठमाडौ, २७ असार । सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ ।स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी दिनुभएको हो । वरिष्ठ चिकित्सक गोविन्द केसीको माग सम्बोधन नगरे सबै अस्पतालको सेवा बन्द गर्ने नेपाल चिकित्सक संघले अडान लिईरहेको छ । राज्यमन्त्री अर्यालले अस्पतालको सेवा बन्द गरेर जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम नगर्न पनि चिकित्सकहरुलाई सचेत गराउनुभयो । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो । राज्यमन्त्री अर्यालले सरकारले केसीलाई स्वास्थ्य उपचारका लागि काठमाडौं आउन र वार्ताद्धारा स्वास्थ्य क्षेत्रमा देखिएको सबै समस्या समाधान गरेर जान वार्तामा बस्न पटक–पटक आग्रह गरेको पनि स्मरण गराउनुभयो ।

राज्यमन्त्री अर्यालले वरिष्ठ चिकित्सक केसीप्रति संकेत गर्दै कसैले पनि आफ्नो मागलाई अडानको रुपमा राखेर मुलुकलाई अप्ठयारोमा पार्ने काम गर्न नहुने पनि स्पष्ट पार्नृुृभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *