Saturday, January 18, 2025
Home > खेलकुद समाचार > स्पेनिस सुपर कपको उपाधि एथ्लेटिको मड्रिडलाई

स्पेनिस सुपर कपको उपाधि एथ्लेटिको मड्रिडलाई

रियल मड्रिडलाई हराउँदै एथ्लेटिको मड्रिडले युइएफए सुपर कपको उपाधि जितेको छ । एस्टोनियाको टेलिनमा भएको फाइनलमा एथ्लेटिकोले छिमेकी क्लब रियललाई अतिरीक्त समयमा ४–२ गोलले हराउँदै उपाधि उचालेको हो । स्टार खेलाडी क्रिस्टियोनो रोनाल्डो र प्रशिक्षक जिनेदिन जिदान विना नै पहिलो पटक मैदानमा उत्रिएको रियलले निर्धारीत ९० मिनेटमा एक गोलको अग्रतालाई जोगाउन सकेन । खेलको पहिलो मिनेटमा नै डिएगो कोस्टाको गोलमार्फत एथ्लेटिकोले अग्रता बनाएको थियो । तर २७ औ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको अवस्थामा पुर्याए । पहिलो हाफ १–१ गोलको बराबरी भएको खेलको ६३ औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई दुई एकको अवस्थामा पुर्याए । तर ७९ औं मिनेटमा डिएगो कोस्टाले ब्यक्तिगत दोस्रो गोल गर्दा खेल २–२ गोलमा पुग्यो । त्यसपछि खेल अतिरिक्त समयमा पुग्यो । जसमा एथ्लेटिकोले दुई गोल गर्न सफल भएको थियो । ९८ औं मिनेटमा साउल निगुइजले गोल गर्दा कोकीले १ सय ४ मिनेटमा अर्को गोल थपे । जसका कारण साविक विजेता रियल स्तब्ध बन्यो । यो खेलमा रोनाल्डोको अनुपस्थिति निकै खड्कीएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *