Saturday, January 18, 2025
Home > मुख्य समाचार > स्थायी राजधानी विराटनगर नै हुन्छ : लालबाबु पण्डित

स्थायी राजधानी विराटनगर नै हुन्छ : लालबाबु पण्डित

संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितले विराटनगर नै प्रदेश नम्बर १ को राजधानी हुनेमा विश्वस्त रहन आग्रह गर्नुभएको छ । आज विराट व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रुपमा आयोजना गरेको सम्मान तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री पण्डितले यस्तो कुरा बताउनु भएको हो । संविधानले प्रदेश सभालाई राजधानी तोक्ने अधिकार दिएको बताउदै मन्त्री पण्डितले भविष्यमा सम्भावीत राजधानी भएको स्थानमा उच्च अदालत राख्ने र सोहीलाई स्थायी राजधानी तोक्ने भनिएकाले विराटनगर नै राजधानी हुने उहाँको भनाई थियो । विराटनगर सम्पूर्ण कुराले भरिपूर्ण रहेको भन्दै राजधानी हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो । राजधानीलाई मध्यनजर गरेर दुरगामी कार्यालयहरु, विभिन्न विकास निर्माणका आयोजनाहरु निर्माण भएकाले विराटनगर राजधानी हुनेमा दुुईमत नहुने मन्त्री पण्डितले बताउनुभयो । यस्तै कार्यक्रममा बोल्दै उहाँले उत्पादन मुखी र निर्यातमुखी उद्योगहरुलाई सरकारले प्राथमिकतामा राखेकाले त्यसका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा उद्योगी, व्यापारीहरुले उद्योग, व्यापारका विभिन्न समस्या मन्त्री पण्डितलाई आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *