Saturday, January 18, 2025
Home > आर्थिक समाचार > सेयर लगानीकर्ताद्वारा आमरण अनसन सुरु

सेयर लगानीकर्ताद्वारा आमरण अनसन सुरु

काठमाडौ, २ पुस । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गर्दै काठमाडौंमा आमरण अनसन सुरु गरेका छन् ।

सेयर बजार सुधार र बिस्तारको माग गर्दै एक साता अघिदेखि रिले अनसन सुरु गरेका उनीहरुको माग सरकारले सुनुवाई नगरेपछि काठमाडौंको भद्रकालीस्थित नेपाल स्टक एक्जेञ्च कार्यालयको मूलगेटमै आजबाट सेयर लगानीकर्ता दवाव समूहको तर्फबाट आमरण अनसन सुरु गरिएको हो । सेयर लगानीकर्ताको तर्फबाट आमरण अनसन सुरु गर्नुभएका सेयर लगानीकर्ताद्धय हरि ढकाल र तिलक कोइरालाले आफूहरुको माग सम्बोधन नगरेको भन्दै अर्थमन्त्री खतिवडाको राजीनामा माग गर्नुभएको छ । आफूहरुको माग सम्बोधनका लागि अर्थ मन्त्रालयद्धारा गठित उच्चस्तरीय अध्ययन समितिको कामै नभएको भन्दै ढकाल र कोइरालाले आपत्तिसमेत जनाएका छन् ।

यसैबीच, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सेयर लगानीकर्ता दवाव समूहले सूरु गरेको आमरण अनसनसहितको आन्दोलनप्रति ऐक्यवद्धता जनाएको छ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, नेता ज्ञानेन्द्रबहादुर कार्कीलगायतका नेताहरुले भद्रकालीस्थित नेपाल स्टक एक्सचेञ्जको मूलगेटमै आमरण अनसन सुरु गरेका ढकाल र कोइरालासँग भेट गरी सेयर लगानीकर्ताहरुको आन्दोलनप्रति ऐक्यवद्धता जनाउनुभएको हो । त्यस अवसरमा बोल्दै पूर्व अर्थमन्त्रीसमेत रहनुभएका कार्कीले वर्तमान सरकार बनेयता ओरालो लागेको सेयर बजारमा तत्काल सुधार गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले अस्थिर नीतिका कारण सेयर बजार ओरालो लागेको गम्भिर आरोप समेत लगाउनुभयो ।

कम्युनिष्ट नेतृत्वको सरकार गठन भएयता पूँजी बजार ओरालो लागेको प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *