Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सुवाष नेम्वाङले गरे सरकारको बचाऊ

सुवाष नेम्वाङले गरे सरकारको बचाऊ

काठमाडौ, ६ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवाष नेम्वाङले सरकारको बचाऊ गर्नु भएको छ ।

गत शनिबारदेखि जारी पार्टी स्थायी समितिको आजको बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गर्नु भएको राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै संसदीय दलका उपनेता नेम्वाङले सरकारको काम कार्वाहीप्रति आफू सन्तुष्ट रहेको प्रतिक्रिया दिनु भएको हो । सरकारको काम कार्वाहीलाई लिएर धेरैजसो नेताहरुले असन्तुष्टि जनाईरहेका बेला उपनेता नेम्वाङले सरकारले ‘धेरै महत्वपूर्ण’ काम गरेको उल्लेख गर्दै त्यसको प्रचार जनस्तरमा पु¥याउन पनि पार्टीका नेताहरुलाई आग्रह गर्नु भयो । उहाँले पार्टी एकताको सन्देश स्थानीय तहमा पु¥याउन ढिलाई गर्न नहुनेमा पनि जोड दिनु भयो । उपनेता नेम्वाङले विवादास्पद ‘एशीया प्यासिफिक सम्मेलन’को पत्रमा सरकार र संघीय संसदको लोगो प्रयोग गरेकोमा भने असन्तुष्टि व्यक्त गर्नु भयो ।

आजको बैठकमा नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, छविलाल विश्वकर्मा, गोकर्ण विष्ट, मणि थापा, अमिक शेरचनसहित ७ जना नेताहरुले राजनीतिक प्रतिवेदनमाथिको छलफलमा भाग लिएका थिए । नेकपा स्थायी समितिको बैठक भोलि पनि पुनः बस्नेछ । भोलिको बैठकमा नेताहरुको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिने र पर्सी (आईतबार) बस्ने बैठकमा सदस्यहरुले उठाएको प्रश्नको जवाफ अध्यक्षद्धय ओली र दाहालले दिनु हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । नेकपाको स्थायी समिति बैठकमा पार्टी एकताको सन्देश दिन नसकेको भन्दै पार्टी नेतृृत्वको र जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना भईरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *