Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > सुडानमा मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै

सुडानमा मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै

एजेन्सी । सुडानमा उपभोग्य वस्तु र पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै सुरु भएको आन्दोलन चर्कंदै गएको छ ।

राजधानी खार्तोमको एक रंगशालामा भेला भएका हजारौंले सडक अवरुद्ध गरी प्रदर्शन गर्नुका साथै केही सरकारी भवनमा आगजनीसमेत गरेका छन् । प्रदर्शन नियन्त्रण गर्ने क्रममा प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गरेको छ । सोही क्रममा थुप्रै प्रदर्शनकारी घाइते भएका छन् । सुडानमा पछिल्लो समय उपभोग्य बस्तुको मूल्य ७० प्रतिशतले बढेपछि त्यहाँका जनता मूल्यवृद्धि घटाउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनका विपक्षी पार्टीका नेता कार्यकर्तालगायत विभिन्न संघसंस्थामा आबद्ध भएकाहरु संलग्न छन् । गत बुधबारदेखि जारी प्रदर्शनमा हालसम्म २० जनाको मृत्यु भइसकेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *