Saturday, January 18, 2025
Home > मुख्य समाचार > सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत छुट्टाएको १० लाख रुपैयाँ स्वाहा

सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत छुट्टाएको १० लाख रुपैयाँ स्वाहा

झापा, १२ पुष । सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत झापाको भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ स्वाहा भएको छ ।

तत्कालिन संङघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले भारतसंग सीमा जोडिएको आठ वटा जिल्लामा लागु गरेको सीमा क्षेत्र विकास कार्यक्रम अन्तरगत गत आर्थिक २०७४÷७५ मा भद्रपुर नगरपालिकालाई छुट्टाएको १० लाख रुपैयाँ बाढीले बगाउँदा स्वाहा भएको छ । भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्लासंग जोडिएको झापाको भद्रपुर नगरपालिका ३ स्थित मेचीपारी गाउँलाई छुट्टाइएको १० लाख रुपैयाँबाट निर्माण गरिएको कब्जे बाढीले भत्काइ दिएको छ । यसबर्ष मेची नदीमा आएको बाढीले कब्जे भत्काइ दिएपछि बजेट खेर गएको हो । कब्जे निर्माण गर्नुअघि उपयुक्त स्थान छनौट नगर्दा बाढीले कब्जेमा क्षति पुर्याएको वडा सदस्य अरुण राजवंशीले बताउनुभयो ।

६ वटा ह्युम पाइपबाट बनाइएको कब्जे अहिले काम नलाग्ने अवस्थामा पुगेको छ । कब्जे निर्माण गरिएको भन्दा पूर्व पट्टीबाट अहिले खोला बगेको छ । मेचीपारीको उत्तरबारी र सतारबस्ती जोड्ने खोलामा स्थानीयलाई आवतजावतमा सहज पुग्ने उद्देश्यले सीमा विकासको बजेट कब्जे निर्माणमा खर्च गरिएको थियो । यता भद्रपुर नगरपालिका इन्जिनियर योगेन्द्र रंजितकारका अनुसार तत्कालिन जिल्ला विकास समिति झापा अन्तरगतको ओएसटिमार्फत कब्जेको इस्टिमेट गरिएको हो । कब्जे निर्माणमा लापरवाही भन्दा पनि ३ नम्बर वडा कार्यालय र गठित उपभोक्ता समितिका पदाधिकारीले उचित स्थान पहिचान गर्न नसक्दा बजेट खेर गएको उहाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *