Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > सिएनएनद्वारा अमेरिकी राष्ट्रपतिविरुद्ध मुद्दा दायर

सिएनएनद्वारा अमेरिकी राष्ट्रपतिविरुद्ध मुद्दा दायर


केबल न्यूज नेटवर्क (सिएनएन) ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध मुद्दा दायर गरेको छ । सिएनएनले आफ्ना एक पत्रकारको प्रेस पास रद्द गर्ने ह्वाइट हाउसको निर्णयविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो । गत साता सिएनएनका संवाददाता जिम एकोस्टाको प्रेस पास ह्वाइट हाउसले रद्द गरिदिएको थियो । उनी सिएनएनका ह्वाइट हाउस मामला हेर्ने मुख्य संवाददाता थिए । राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमै बहस भएपछि उनको प्रेस पास रद्द गरिएको थियो । सिएनएनका अनुसार पत्रकार एकोस्टाको संवैधानिक अधिकार हनन् भएका कारण मुद्दा दायर गरिएको हो । मुद्दामा राष्ट्रपति ट्रम्प र उनका सहयोगीलाई विपक्षी बनाइएको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी सारा स्यान्डर्सले एकोस्टाको अस्वीकार्य आचरणका कारण उनको प्रेस पास रद्द गरिएको बताएकी छन् । ७ नोभेम्बरमा ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र पत्रकार एकोस्टाबीच विवाद भएको थियो । (एजेन्सी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *