काठमाडौ, २१ मंसिर । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको समृद्धि, विकास, सुशासन र सामाजिक न्यायको पक्षमा कलम चलाउन संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ ।
अर्थमन्त्री खतिवडाले मुलुकमा आर्थिक अनुशासन कायम राख्ने वातावरण बनाउन संचारकर्मीहरुको पनि ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पार्नुभयो । नेपाली संचार क्षेत्र पछिल्लो समय जवाफदेही नदेखिएको भन्दै अर्थमन्त्री खतिवडाले असन्तुष्टि पनि व्यक्त गर्नुभयो । आज काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को चौंथो महासभालाई सम्बोधन गर्दै उहाँले संचार क्षेत्रलाई जथाभावी कमल चलाउने छुट नरहेको दावी समेत गर्नु भयो । अर्थमन्त्री खतिवडाले स्वच्छ पत्रकारिता पत्रकारहरुको धर्म भएको उल्लेख गर्दै त्यसका लागि सरकार आवश्यक सहयोग गर्न पनि प्रतिवद्ध रहेको बताउनु भयो ।