Saturday, January 18, 2025
Home > मुख्य समाचार > सांसदले मागे ९० करोडको स्रोत

सांसदले मागे ९० करोडको स्रोत

काठमाडौं, १३ पुष । सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले कर्मचारी समायोजन अध्यादेश फिर्ता गरि प्रदेश र स्थानीय तहको कानुन निर्माण गर्न ,निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्न तथा उखुको समर्थन मूल्य निर्धारण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद पुष्पा भुसाल गौतमले निर्मला पन्तको बलात्कार पछि हत्याका दोषिलाई सार्वजनिक गर्न माग गर्नुभयो । यस्तै सांसद गगन थापाले सरकारले लोकतान्त्रिक पद्धतिको गलत व्याख्या गर्ने काम गरेको आरोप लगाउनुभयो । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएकै दिन नेकपाका अध्यक्ष पुष्पकमल दाहालले लोकतान्त्रिक प्रणाली छिटो छिटोे विकास हुने प्रणाली होइन भनी दिएको अभिव्यक्तिलाई उहाँले “नाच्न नजान्ने आँगन डेढो” को संज्ञा दिनुभयो ।

उहाँले सरकारलाई आफ्नो अनुहार ऐनामा हेर्न पनि आग्रह गर्नुभयो । सांसद तेजुलाल चौधरीले संविधानबाट निर्वाचित व्यक्ति रेशम चौधरीलाई संसदमा उपस्थिति नगराई झुटा मुद्धा लगाएर जेलमा थुनिएको भन्दै सबैलाई समान व्यवहार गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद महेन्द्रराय यादवले विगतमा मधेस आन्दोलनका क्रममा भएको सहमति सम्झौता पालना गरि त्यसक्रममा भएका अध्ययन प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । सांसद ह्दयेश त्रिपाठीले उखुको समर्थन मूल्य तोक्न र चिनी मिल संचालन गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउदै सो विषयमा सरकारलाई रुलिङ गर्न सभामुखसंग माग गर्नुभयो । सांसद प्रेम सुवालले अजय सुमार्गी भन्ने व्यक्तिको कम्पनिबाट स्रोत नखुलेको ९० करोड रुपैया जम्मा भएको भन्ने सम्बन्धमा सदनलाई सत्य तथ्य जानकारी गराउन माग गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *