Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरकारले मेलमिलाप नचाहेको आरोप देउवाको आरोप

सरकारले मेलमिलाप नचाहेको आरोप देउवाको आरोप

काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले मेलमिलाप नचाहेको आरोप लगाउनु भएको छ ।

सभापति देउवाले सरकार एकलौटी ढंगले अघि बढिरहेको उल्लेख गर्दै त्यसविरुद्ध आन्दोलनमा जाने चेतावनी पनि दिनुभयो । पार्टीको ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सरकारले कर्मंचारी तन्त्रलाई समेत पार्टीको नियन्त्रणमा राख्न खोजेको दावी गर्दै त्यसविरुद्ध आफ्नो पार्टी संघर्ष गर्न बाध्य हुने स्पष्ट पार्नुभयो । सभापति देउवाले मुलुकमा विपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्ट्रिय मेलमिलापको नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको पनि उल्लेख गर्नु भयो । कार्यक्रममा बोल्दै काँग्रेस युवा नेता गगनकुमार थापाले काँग्रेस नेतृत्वको सरकारले जारी गरेको संविधानको सार्थक कार्यान्वयन गर्ने दायित्व काँग्रेसको भएको उल्लेख गर्दै त्यसका निम्ति जिम्मेवार भएर अघि बढन पार्टी नेतृत्वको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले कम्युनिष्ट पार्टी नेतृत्वको वर्तमान सरकारसँग प्रजातान्त्रिक मूल्य, मान्यता र संस्कार नरहेको आरोप पनि लगाउनु भयो ।

नेता थापाले विपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति संविधानको सार्थक कार्यान्वयनका निम्ति पनि उपयोगी हुने विश्वास व्यक्त गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *