ललितपुर, ६ पुष । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सरकारले मुलुकको समृद्धि र विकासका लागि पूर्वाधार विकासको कामलाई उच्च प्राथमिकता दिएको बताउनु भएको छ ।
मन्त्री महासेठले मुलुकलाई समृद्ध बनाउन सरकारले रेलमार्ग र जलमार्ग निर्माणको कामलाई प्राथमिकता दिनु परेको पनि स्पष्ट पार्नु भयो । ललितपुरमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भारत र चीन दुवै छिमेकी मुलुकको सहयोग लिएर सरकारले रेल मार्ग निर्माणको कामलाई अघि बढाएको पनि स्मरण गराउनु भयो । मन्त्री महासेठले राजमार्गहरुको कनेक्टिभीटीमा जोड दिन सरकारले २ हजारभन्दा बढि सडक पुल निर्माण योजना अघि सारेको पनि बताउनु भयो । विकास र समृद्धिका लागि सडक पुलको निर्माण अतिउपयोगी हुने मन्त्री महासेठको भनाई छ ।