Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा पुगे

सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा पुगे

एजेन्सी । संयुक्तराज्य अमेरिका प्रवेश गर्ने उद्देश्यले सयौं मध्यअमेरिकीहरु अमेरिकाको दक्षिणी सीमामा आइपुगेका छन् ।

अमेरिकी रक्षामन्त्री जिम म्याटिस स्थलगत अवलोकन भ्रमणमा रहे पनि अरु आप्रवासीको ठूलो समूह पनि अमेरिकी सीमातर्फ अघि बढिरहेको छ । मेक्सिको र अमेरिकाको क्यालिफोर्नियालाई छुट्याउने सीमावर्ती सहर तिजुआनामा आप्रवासीको ठूलै समूह जम्मा भएको छ । उनीहरुमध्ये केही सीमाको पर्खालमा चढेका थिए भने केही पर्खाल नाघेर अमेरिकी भूमिमा पुगेका थिए । अमेरिकी सीमासुरक्षा बललाई देख्नासाथ उनीहरु पुनः मेक्सिकोतर्फ फर्किएका थिए । ‘हामी अपराधी होइनौं,’ उनीहरुमध्ये केहीले ठूलो स्वरमा चिच्याएका थिए । उनीहरुको आवाज राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित थियो । अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीको समूह अमेरिकी सीमामा आइपुग्नै लाग्दा सीमामा करिब ६ हजार थप सैनिक परिचालन गर्न आदेश दिनुभएको छ । अर्को मुख्य समूहमा करिब चार हजार सहभागी छन् । उनीहरु पनि केही दिनभित्रै सीमामा आइपुग्ने बताइएको छ । आफ्नो देशमा व्याप्त गरिबी र हिंसाका कारण देश छाडेको बताउने यी मानिसहरु अमेरिकामा आप्रवासी हुन चाहन्छन् । कम्तीमा पनि नौ जना आप्रवासी अमेरिकी भूमिमा प्रवेश गरिसकेका छन् र उनीहरुलाई सीमासुरक्षा बलले पक्राउ गरेको छ । यीमध्ये चार बालबच्चा सहित एक आमा र १९ वर्षकी गर्भवती रहेका छन् । उनीहरु होन्डुरसका नागरिक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *