Friday, November 22, 2024
Home > मुख्य समाचार > सम्पर्कविहिन अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला

सम्पर्कविहिन अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला

गोर्खाबाट काठमाडौं फर्किँदा सम्पर्क्विहीन भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा फेला परेको छ । धादिङको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको जानकारीमा आएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । पाइलट निश्चल केसीले उडाएको हेलिकोप्टरमा ७ जना सवार थिए । हेलिकोप्टरमा पाइलट सहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल स्रोतले बतायो । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलेको छैन । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, र जापानी नागरिक हिरोमी कोमात्सु छन् । स्थानीयले हेलिकोप्टर दुर्घटना भएको भनेर खबर गरेको प्रहरी स्रोतले बताएको छ । गोर्खाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार करिब २५ माइल उडेपछि हेलिकोप्टर सम्पर्क्विहीन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *