नयाँ मुलुकी ऐनको विरोधमा चिकित्सकहरुले आज काठमाडांैमा ¥यालीसहित प्रर्दशन गरेका छन । नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकहरुले देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्दै नयाँ मुलुकी ऐनको विरोधमा काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म ¥यालीसहित प्रर्दशन गरेका हुन । चिकित्सकलाई अपराधि करार गर्ने खालको कानुनी व्यवस्था नयाँ मुलुकी ऐनमा गरेपछि त्यसको विरोधमा प्रर्दशनमा उत्रनु परेको चिकित्सकहरुले बताएका छन । ¥यालीपछि नयाँ बानेश्वरमा आयोजित कोण सभामा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठले नयाँ मुलुकी ऐन संशोधन गर्न आफूहरु आन्दोलनमा जान बाध्य हुनु परेको स्पष्ट पार्नुभयो । चिकित्सकहरुलाई जेल सजाय दिने कानुनी व्यवस्था तत्काल नहटाए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने पनि उहाँको चेतावनी छ । कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक गोविन्द केसीले सरकारले ल्याएको सो ऐन ‘जनता मारा’ भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले नयाँ मुलुकी ऐनमा चिकित्सहरुलाई कामै गर्न नदिने व्यवस्था गरेको भन्दै सो व्यवस्था हटाएर उपयुक्त नीति तय गर्न सरोकारवाला निकायहरुसँग छलफल गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । चिकित्सकहरुले अपराधी सरह जेल सजाय दिने व्यवस्था कानुनमा भएपछि सो व्यवस्था हटाउन माग गर्दै सरकारको विरोधमा प्रर्दशन सुरु गरेका हुन ।