Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सञ्जेलको समर्थनमा इटहरीका युवा सडकमा

सञ्जेलको समर्थनमा इटहरीका युवा सडकमा

सुनसरी ११ पुष । अनियमितता, भ्रष्टाचार, घुसघोरी, कर्मचारीतन्त्र र ढिलासुस्तीका विरुद्ध बुलन्द आजाज उठाउने विराटनगरस्थित श्रम तथा रोजगार कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेललाई बिना कारण सरुवा गरेको विरोधमा इटहरीका सामाजिक अभियान्ता र युवाहरुले दिउँसै मैनबत्ती बालेका छन् ।

राष्ट्रसेवक कर्मचारीभित्र स्वच्छ छविको पहिचान बनाएका सञ्जेलको कानुनविपरीत सरुवा गरेकोमा सरकारको सर्वत्र आलोचना भइरेको छ । भ्रष्टाचारविरुद्धका अभियान्ता उपसचिव सञ्जेलको सरुवाले सरकार अनियमतिता र भ्रष्टाचारलाई संस्थागत गर्न चाहिरहेको छ भन्ने पुष्टि भएको युवाहरुको दाबी छ । सरकारले भ्रष्टाचारीलाई प्रोत्साहित गरी इमान्दार र स्वच्छ छवि भएका कर्मचारीलाई पाखा लगाइरहेको सामाजिक अभियान्ता हिरा आचार्यले अराोप लगाउनुभयो । उपसचिव सञ्जेलले भ्रष्टाचार र घुसघोरी विरुद्ध जागिरको पनि प्रवाह नगरी लड्ने बताएसँगै सामाजिक अभियान्ता र युवाहरुले उनलाई साथ दिएका हुन् । कार्यालयमा हुने भ्रष्टाचार, घुसघोरी र अनियमितता तथा श्रम ऐन कार्यान्वयनमा कडाई गरेकै कारण आफ्नो सरुवा भएको सञ्जेलले दाबी गर्दै आउनुभएको छ । सञ्जेल जस्ता कर्मचारीहरुलाई युवाहरुले सधैं साथ दिने युवा अभियान्ता शुसील राजभरले बताउनुभयो । जनताले तिरेको करको सहि सदुपयोग गराउन विद्यार्थीको पनि साथ रहेको मुस्कान पोखरेलले बताउनुभयो ।

उनीहरुले जअपेक्षाअनुरुप काम गर्न र भ्रष्टाचार रोक्न सरकार पुर्ण रुपमा असफल भएको आरोपसमेत लगाए । भ्रष्टाचारविरुद्धको अभियानलाई देशव्यापी बनाउनुपर्नेमा उनीहरुको जोड थियो । उनीहरुले सञ्जेललाई श्रम कार्यालयमै पुनरबहाली नगरे आन्दोलनलाई देशव्यापी बनाउने चेतावनीसमेत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *