Saturday, January 18, 2025
Home > मुख्य समाचार > संविधान दिवस भब्य रुपमा मनाइयो

संविधान दिवस भब्य रुपमा मनाइयो

नेपालको संविधान जारी भएको तेस्रो वर्ष पूरा भई चौथो वर्षमा प्रवेश गरेको अवसरमा आज संविधान दिवस देशै भरि मनाइएको छ । संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा गरिएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन, विकास र समृद्धिका लागि संविधान कार्यान्यवन गर्नु आफ्नो कर्तव्य भएको बताउनुभएको छ । उहाँले संविधानले शान्ति, स्थिरता, विकास र समृद्धिको ढोका खोलेको भन्दै संविधानलाई कार्यान्वयन गर्नुको विकल्प नभएको बताउनुभएको हो । प्रधानमन्त्री ओलीले तराई, हिमाल र पहाडको साझा भावना समेटिएको साझा ग्रन्थको रुपमा संविधान आएको बताउनुभयो । संविधानले सबै नागरिकलाई विना भेदभाव मौलिक हक र स्वतन्त्रता सुनिश्चित गरेको उहाँको भनाई थियो । प्रधानमन्त्री ओलीले संविधानलाई आवश्यकताअनुसार संशोधन गर्न सकिने पनि बताउनुभयो । सवै असन्तुष्टिका स्वरलाई संविधान मार्फत संस्थागत गर्न सकिने तर अधिकार माग्ने बहानामा मुलुकलाई क्रिडास्थल बन्न नदिने उहाँले प्रष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले राजनीतिक क्रान्ति पूरा भइसकेको भन्दै समृद्धि र विकासको साझा एजेण्डामा एकताबद्ध हुन सबै राजनीतिक दललाई समेत आग्रह गर्नुभयो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, सभामुख कृष्णबहादुर महरालगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीहरु र सांसदहरुको सहभागिता थियो । कार्यक्रममा नेपाली सेनाले संविधान दिवस झन्डा अंकित हेलिकोप्टरबाट पुष्पवृष्टि गराएको थियो । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरीले आ–आफ्नो कलाकौशल प्रदर्शन गरेका थिए । काठमाडौं, ललितपुर र भक्तपुर महानगरपालिकाले पनि आ–आफ्नो संस्कृति झल्कने साँस्कृतिक झाँकी प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *