काठमाडौं, ३ पुष । संघीय संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरु हुने भएको छ ।
मन्त्रिपरिषद बैठकले पुस ११ गते संसद अधिवेशन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । सोहीअनुसार आज राष्ट्रपति भण्डारीले पुस ११ गते दिउँसो ४ बजेका लागि संसद अधिवेशन आह्वान गर्नुभएको हो । संविधानको धारा ९३ को उपधारा १ बमोजिम पुस ११ गते संघीय संसदको दुबै सदनको अधिवेशन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयले जनाएको छ । संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले राष्ट्रपति कार्यालयबाट संसद अधिवेशन आह्वानको पत्र आएको जानकारी दिनुभयो ।