Saturday, January 18, 2025
Home > मुख्य समाचार > संघीय संसदको हिँउदे अधिवेशन सुरु

संघीय संसदको हिँउदे अधिवेशन सुरु

काठमाडौं, ११ पुष । संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ ।

संघीय संसद भवन नयाँवानेश्वरमा आज बसेको बैठकको सुरुमै सभामुख कृष्ण बहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आव्हान सम्बन्धी प्राप्त पत्र पढेर सुनाएलगत्तै संघीय संसदको हिउँदे अधिवेशन औपचारिक रुपमा सुरु भएको हो । यो अधिवेशनले संविधान कार्यान्वयनका लागि आवश्यक १ सय ७४ वटा कानुन संसोधन गर्नुपर्ने दायित्व बोकेको छ । संबैधानिक व्यवस्था अनुसार फागुन २१ गतेभित्र संविधानसंग बाँझिने सबै कानुनलाई संविधान अनुकुल बनाउनका साथै आवश्यक नयाँ कानुन बनाई संघीय संसदका दुबै सदनबाट पारित गरिसक्नुपर्ने छ । सरकारले कर फस्र्यौट आयोग ऐन खारेजी गर्ने र ५५ वटा कानुन संसोधन गर्नेसहित ५६ वटा कानुन संसोधनका लागि केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक संघीय संसदमा दर्ता गराईसकेको छ । साथै संशोधन गर्नुपर्ने कानुनमध्ये ७ वटा विधेयक मन्त्रीपरिषद्को विधेयक शाखाबाट स्वीकृत भईसकेको संघीय संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *