Saturday, January 18, 2025
Home > मुख्य समाचार > शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री

शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १६ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्राप्त शिक्षालाई व्यवहारमा उतार्न सम्पुर्ण दीक्षित विद्यार्थीलाई सुझाव दिनुभएको छ ।

त्रिभुवन विश्वविद्यालयको ४४ औ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले शिक्षा जीवन उपयोगी बन्नुपर्ने भन्दै प्राप्त शिक्षालाई व्यवहारमा उतार्नुपर्ने बताउनुभएको हो । विभिन्न संकायबाट दीक्षित भएका विद्यार्थीलाई उहाँले प्रमाणपत्र लिएर मात्रै नबस्न आग्रह गर्नुभयो । आफुले पाएको शिक्षालाई वास्तविका जीवनमा उतार्न उहाँले सुझाव दिनुभयो । शिक्षाले जीवनलाई सहज र सरल बनाउँदै मान्छेलाई गुणशिल बनाउने भन्दै उहाँले जीवनउपयोगी शिक्षामा जोड दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी शैक्षिक सत्रमा स्कुल जाने कोही पनि बालबालिका विद्यालय बाहिर नरहने दाबी गर्नुभयो । सरकारले यसै बर्षमा सबै बालबालिकालाई विद्यालय पुर्याउने प्रयास गरेको भएपनि केही बालबालिका अझै पनि विद्यालय बाहिरै रहेकाले आगामी बर्ष त्यो लक्ष्य पूरा हुने दाबी उहाँले गर्नुभयो । उहाँले विश्वविद्यालयलाई सिद्धान्त घोकाउने पाठशाला मात्रै नभई जीवन उपयोगी पाठशाला बनाउनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *