Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु

‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु

काठमाडौ, ३० कार्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन काठमाडौंमा सुरु हुने भएको छ ।

सार्वजनिक शिक्षालाई विश्वभर गुणस्तरीय बनाउने गरी आवश्यक रणनीति तय गर्ने मूल एजेन्डासहित शुक्रबारबाट काठमाडौंमा सो सम्मेलनको शुभारम्भ गरिएको हो । ३ दिनसम्म चल्ने सम्मेलनले विश्वभर सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउन आवश्यक नीति तय गर्ने अभियानका नेपाल अध्यक्ष कुमार भट्टराईले जानकारी दिनु भयो । सम्मेलनको उद्घाटन गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले सार्वजनिक शिक्षाको माध्यामबाट राष्ट्रको समग्र विकासमा जोड दिनुपर्ने आवश्यक्ता औंल्याउनु भयो । उहाँले राष्ट्रको समृद्धिको मूल आधार शिक्षा भएकाले सबैलाई शिक्षाको दायरामा ल्याउन नेपाल सरकारले विशेष अभियाननै संचालन गरिरहेको पनि स्पष्ट पार्नु भयो । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सयभन्दा बढी देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरु सहभागी भएका छन् । सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना मोहम्मदले पनि सम्बोधन गर्नुभएको छ । अभियानले न्याय, समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ । सम्मेलनले अभियानको नयाँ नेतृत्व पनि चयन गर्ने शिक्षाका लागि विश्व अभियान, नेपालका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *