Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने

‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने

काठमाडौ, २९ कार्तिक । ‘शिक्षाका लागि विश्व अभियान’ को छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ ।

अभियानले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी छैठौं सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने जानकारी गराएको हो । विश्वभरका शिक्षा अधिकारकर्मीहरुको साझा संजालको रुपमा रहेको सो अभियानको सम्मेलनमा सय भन्दा बढि देशका २ सय ५० जनाभन्दा बढि शिक्षाप्रेमीहरु सहभागी हुनेछन । सम्मेलनलाई संयुक्त राष्ट्र संघका उपमहासचिव अमिना मोहम्मद, परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलगायतले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । अभियानले न्याय,समानता र समावेशीताको लागि सार्वजनिक शिक्षाको रुपान्तरणमा जोड दिँदै आएको छ । सम्मेलनले अभियानको नयाँ नेतृत्व पनि चयन गर्ने शिक्षाका लागि विश्व अभियानकी अध्यक्ष क्यामिला क्रोशोले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *