Friday, November 22, 2024
Home > मुख्य समाचार > विशेष अदालत गठन गर्न नेपाली कांग्रेसको माग

विशेष अदालत गठन गर्न नेपाली कांग्रेसको माग

काठमाडौ, ४ मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्वपीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । आज काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । नेता लेखकले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याएर नेपालले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अव संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नु भयो । पीडितलाई परिपूरण गर्ने, पीडकलाई दण्डित गर्ने काम गरेर सरकारले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्नुपर्ने नेता लेखकको भनाई छ । कांग्रेस नेता लेखकले पीडितलाई न्याय दिँदा उनीहरुको आत्मसम्मान वृद्धि गर्ने काममा जोड दिन पनि सरकारलाई आग्रह गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *