Saturday, January 18, 2025
Home > आर्थिक समाचार > विराट एक्स्पो ब्यापार मेलाको तयारी अन्तिम चरणमा

विराट एक्स्पो ब्यापार मेलाको तयारी अन्तिम चरणमा

विराटनगर, ४ पुष । विराटनगरमा आयोजना हुने विराट ट्रेड एक्सपो २०१८ तथा अन्तरराष्ट्रिय ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालभारत सहित तेश्रो मुलुकका स्टल समेत रहने छन ।

मोरङ ब्यापार संघको अगुवाईमा यहि पुस ६ गतेदेखि १४ गते ९ दिनसम्म विराटनगरमा आयोजना हुने विराट एक्सपो ब्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । यतिखेर मेला आयोजनास्थल विराट अस्पताल प्रालिको पुर्वतर्फको खुल्ला मैदानमा स्टल निर्माण लगायतका काम युद्धस्तरमा भइरहेको छ । भोली अपरान्हसम्म स्टल निर्माण लगायतका सम्पुर्ण काम सम्पन्न हुने मोरङ ब्यापार संघका बरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले जानकारी दिनुभयो ।
यसपटकको मेलामा अटोमोबाइल्स, सूचना प्रविधि, विद्युतिय उपकरण र निर्माण क्षेत्रमा भित्रिएका नयाँ प्रबिधिका स्टलहरु रहने छ । यस्तै जडिबुटि तथा कृषि उत्पादन, हस्तकला तथा घरेलु उद्योगका उत्पादन, गार्मेन्ट तथा स्वदेशी उद्योगमा निर्मित जुत्ता चप्पलका स्टलहरु राखिने छन् । मेलामा रहने दुइसय तीस वटा स्टलहरुमध्येका स्टलहरुमा प्रदेश एकमा फल्ने फलफुल ,चिया र अलैची लगायतका स्थानिय उत्पादलाई विशेष महत्वका साथ प्रदर्शन र प्रर्बधन गरिने आयोजक समितिले जनाएको छ ।

औद्योगिक र कृषि प्रर्दशनीका साथै मेलालाई थप आर्कषक बनाउन परिसरभित्रै सांगितिक र मनोरंजनात्मक कार्यक्रम समेत हुने छ । जसका लागि नेपाल तथा भारतका चर्चित ब्याण्डहरुलाई आमन्त्रण गरिएको छ । मेलामा नृत्य तथा सांगितिक कार्यक्रमका साथै फेशन शो, जादु र बालबालिको मनोरञ्जनका लागि बिशेष ब्यवस्थापन गरिएको छ । मेलामा विभिन्न प्रकारका रोटे पिङका अलावा मनोरंजन र खानपानका अन्य साधनहरु समेत रहने छन । मकालु समाचारका लागि नवीन कर्ण, विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *