Saturday, January 18, 2025
Home > आर्थिक समाचार > विराट एक्स्पोमा राखिएका विदेशी स्टलमा आमउपभोक्ताको आर्कषण

विराट एक्स्पोमा राखिएका विदेशी स्टलमा आमउपभोक्ताको आर्कषण

विराटनगर, १० पुष । विराटनगरमा जारी विराट ट्रेड एक्सपोमा राखिएको विदेशी स्टलहरु आम उपभोक्ताको आर्कषणको केन्द्र बनेको छ । एक्पोमा स्टल राख्न आएका विदेशी ब्यापारी समेत उपभोक्ताको रुझानबाट उत्साहित छन ।

पौष ६ गतेबाट शुरु भएको विराट ट्रेड एक्सपोमा दैनिकरुपमा उपभोक्ताको चाप बढदो छ । एक्सपो अवलोकन गर्न आउने आम उपभोक्ताले स्थानिय उत्पादन खरिद गर्नुका साथै भारत, पाकिस्तान र बंगलादेशका ब्यापारी राखेको स्टलमा झुम्मिने गरेका छन । ती देशहरुका उत्पादकहरु आफैले स्टल राखेका कारण सस्तोमुल्यमा बिदेशी सामान पाउने विश्वासमा उपभोक्ता ती स्टलमा पुग्ने गरेका छन् । पाकिस्तानबाट विराट एक्सपोमा छालाका सामाग्रिको स्टल राख्न आइपुग्नुभएका अलमदिना इन्टरनेश्नलका साजिदले आफुहरुले एक्सपोमा ल्याएका लेदरको ज्याकेट र बेल्ट लगायतका सामाग्रिको बिक्री राम्रो रहेको बताउनुभयो । यस्तै भारतको दिल्लीबाट घरेलु उपयोगका सामाग्रि लिएर आएका अर्स इन्टरनेशनलका मोहम्मद आरिफले मेला आउने उपभोक्ताहरुले आफुहरुले ल्याएको स्टलमा चासो लिइरहेको र विक्रीसमेत राम्रो रहेको बताउनुभयो ।

यस्तै बंगलादेशको साडी उद्योग आधुनिका सारिजले समेत एक्सपोमा आफ्नो स्टल राखेको छ । सो उद्योगका प्रतिनिधि श्रीकांत दासले मेला घुम्न आउने अधिकांश उपभोक्ता आफ्नो स्टलमा आउने गरेको बताउनुभयो । उहांले विक्री राम्रो रहेको बताउदै आउदो ५ दिनमा अझै राम्रो हुने विश्वास ब्यक्त गर्नुभयो ।
विराट ट्रेड एक्सपो २०१८ का संयोजक अनुपम राठीले मेलामा आउने दर्शक र उपभोक्ताहरुमा विदेशबाट आएका स्टलहरुप्रति आकर्षण राम्रो रहेको समेत बताउनुभयो । उहांले पाकिस्तान, बंग्लादेस र भारतबाट आएका स्टलहरुमा आम उपभोक्ता मmुम्मिने गरेको बताउनुभयो ।

मेलाको पांचौदिनसम्म ८ करोड बढीको विक्री भएको र ४० हजार बढी दर्शकले टिकट काटेर मेलाको अवलोकन गरेको मोरङ व्यापार संघका महासचिव नवीन रिजाललले जानकारी दिनुभयो । मोरङ ब्यापार संघ आयोजक रहेको एक्सपो यहि पौष १४ गते शनिवारसम्म चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *