Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगर प्लाटिनम् राउण्ड टेबल ११ द्वारा विद्यार्थीहरुलाई मेला अवलोकन भ्रमण

विराटनगर प्लाटिनम् राउण्ड टेबल ११ द्वारा विद्यार्थीहरुलाई मेला अवलोकन भ्रमण

विराटनगर, १२ पुष । मोरङको बुढीगंगा गांउपालिका –२ स्थित सरस्वती सदन माध्यमिक विद्यालयका विद्यार्थीलाई विराटनगरमा जारी विराट ट्रेड एक्सपोको अवलोकन भ्रमण गराइएको छ ।

विद्यालयलाई सहयोग गर्दै आएको विराटनगर प्लाटिनम राउण्ड टेबल एलेभनले उक्त विद्यालयमा अध्यनरत छात्रछात्रालाई एक्सपोको अवलोकन गराएको हो । विद्यालयका कक्षा ७ र ८ मा अध्यनरत पाँच दर्जन छात्रछात्रालाई राउण्ड टेबलले ब्यापार मेलाको अवलोकन गराएको छ । एक्सपो अवलोकनमा आएका विद्यार्थीहरुले मेलामा रहेको दुईसय बढी ब्यापारिक स्टलहरुमा प्रर्दशन र विक्रीका लागि राखिएका बस्तु र सामाग्रिका बिषयमा जानकारी हासिल गरेका थिए । अवलोकन भ्रमणमा ल्याइएका विद्यार्थीलाई विराटनगर प्लेटिनियम राउण्ड टेबल एलेभनका सदस्य टेबलर दिवस सुवेदीले मेलाका स्टलहरुमा राखिएका स्वदेशी तथा विदेशी उत्पादनहरुका बिषयमा जानकारी गराउनुभएको थियो । मेलाको अवलोकन भ्रमणले विद्यार्थीहरुको सामान्य ज्ञानमा बृद्धि हुने टेबलर प्रफुल डाँगाले बताउनुभयो ।

एक्स्पो भ्रमणमा पुगेका विद्यार्थीलाई आयोजक संस्थाले खाजानास्ताको ब्यवस्थासमेत गरेको थियो । यस्तै एक्स्पोमा स्टल राखेका रमपन चाउचाउ, ज्यास्मिन सेनेटरी, क्यालिटी विस्कुट, सेन्च्युरी स्लिपर, सेन्चुरी फुड प्रोडक्स डिजिकम लगायतका कम्पनीहरुले विद्यार्थीहरुलाई उपहारस्वरुप कपी तथा डटपेन लगायतका शैक्षिक सामाग्रि उपलब्ध गराएका थिए । फ्रिडम थ्रू एजुकेशनको नारासहित सहयोग तथा समाजसेवाको क्षेत्रमा काम गर्दै आएको राउण्ड टेबल एलेभनले सो विद्यालयलाई १६ कोठे पक्की भवन बनाएर हस्तान्तरण समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *