Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विराटनगरमा सेन्ट्रल मल्टिप्लेक्स

विराटनगरमा सेन्ट्रल मल्टिप्लेक्स

विराटनगर, २८ मंसिर । विराटनगरमा निर्माणाधिन सेन्ट्रल मलमा आजबाट सेन्ट्रल मल्टिप्लेक्स अत्याधुनिक प्रविधिको सिनेमा हल संचालनमा ल्याइएको छ ।

विशाल ग्रुप,देवेनरा ग्रूप र हाइलाईफ ग्रूपले संयुक्तरुपमा एक अर्बको लगानीमा निर्माणाधिन मल भित्र ११ करोडको लागतमा मल्टिप्लेक्स संचालनमा ल्याइएको हो । विराटनगर ७ स्थित मल परिसरमा आज आयोजित पत्रकार सम्मेलनपछि सो मल्टिप्लेक्स संचालनमा ल्याइएको हो । आज पत्रकार सम्मेलनमा जानकारी दिनुहुंदै देबेनरा ग्रुपका निर्देशक प्रकाश मुन्दडाले १६ हजार २ सय ३५ बर्ग फिटमा निर्माण गरिएको मल्टिप्लेक्समा आरामदायी सिट सहितका २ वटा अडि सिनेमा हल रहेको बताउनुभयो । उहांले मल्टिप्लेक्समा टु डी र थ्री डि स्क्रीन सहित डल्बी डिजिटल सहितको सराउण्ड साउण्ड सिस्टम जडान गरिएको जानकारी दिनुभयो । सेन्ट्रल मल्टिप्लेक्समा आउने दर्शकले अन्तराष्ट्रियस्तरको सिनेमा हलको आनन्द लिनसक्ने उहांको भनाई छ ।

एकै पटकमा ५ सय जनाले सिनेमा हेर्न सक्नेगरि निर्माण गरिएको मल्टिप्लेक्स परिसरमा अन्डरग्राउण्ड पार्किङका साथै स्न्याक्स काउण्टर समेत राखिएको छ । भोलिबाट ब्यवसायिकरुपमा संचालन गर्ने तयारी गरिएको मल्टिप्लेक्समा सिनेमा हेर्न नेपाली सिनेमाको २ सय ५० र हिन्दी सहित अन्य भाषाको सिनेमा हेर्न ४ सय सम्मको टिकट दर निर्धारण गरिएको छ । आज उदघाटनकोदिन कलाकारहरु दिपकराज गिरि र दिपाश्री निरौला सहित विशिष्ट ब्यक्तिहरुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *