Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरमा जारी एक्स्पोमा आम उपभोक्ताको चाप बढ्दै

विराटनगरमा जारी एक्स्पोमा आम उपभोक्ताको चाप बढ्दै

विराटनगर, ९ पुष । विराटनगरमा जारी एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको छ ।

घरेलु उपयोगका सामाग्रिदेखि, कृषि, सुचना प्रबिधि र विलासिताका सामाग्रिहरु एकैस्थानमा प्रर्दशन र विक्रीका लागि राखिएपछि एक्स्पोमा आम उपभोक्ताको चाप बढदै गएको हो । दैनिकरुपमा मेलामा सरसामान खरीदगर्ने र अवलोकन गर्ने उपभोक्ताको संख्या बढदै गएको आयोजक मोरङ ब्यापार संघले जनाएको छ । मेलामा सरसामान विक्री गर्नेभन्दा पनि आफ्ना उत्पादनसंग उपभोक्तालाई परिचित गराउन पाउने मौकालाई पनि उद्योगि ब्यवसायीले अवसरकोरुपमा लिएका छन । नेपालमैं पहिलोपटक मोरङको बुढीगंगा गांउपालिकामा काठको विकल्पकोरुपमा पिभिसी र सिपीभिसी बोर्ड र झ्याल ढोकाको उत्पादन शुरु गरेका महेशकुमार वाहेतीले उद्योगका उत्पादन र उपभोक्ताकाबीच मेलाले पुलको काम गरेको बताउनुभयो । एक्सपो संयोजक अनुपम राठीले मेलामा उपभोक्ताको चाप बढेसंगै विक्रीले समेत गति लिएको बताउनुभयो । उहांले हालसम्म ७ करोड बढीको विक्री भइसकेको जानकारी दिनुहुंदै आउदो ५ दिनमा विक्रीले थप गतिलिने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *