विराटनगर, २ पुस । मोरङ जिल्ला उसु संघको आयोजनामा आजदेखि विराटनगरमा उसु सान्सौं प्रतियोगिता सुरु भएको छ ।
विराटनगरस्थित सहिद मैदानमा आयोजित कार्यक्रममा प्रदेश १ को प्रथम आमन्त्रण इन्डो नेपाल सव–जुनियर तथा सिनियर उसु सान्सौं प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले उद्घाटन गर्नुभयो । नेपालका १० र भारतका १७ जिल्लाका ५ सय २८ जना खेलाडी सहभागी प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष डा. कैलाशकुमार श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा विजयी हुने खेलाडीलाई नगदसहित ट्रफी र शिल्ड प्रदान गरिनेछ । उद्घाटन समारोहमा सदस्य सचिव विष्टसहित नेपाल कम्युनिष्ट पार्टी मोरङका संयोजक ऋषिकेश पोखरेल, मोरङ कांग्रेसका युवा नेता राजु मास्के, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, उसु संघ मोरङका वरिष्ठ उपाध्यक्ष मुकेश बुढाथोकी, उपाध्यक्ष दीपक चापागाईं, अनेरास्ववियुका नेता भास्कर खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।