Monday, November 25, 2024
Home > मुख्य समाचार > विराटनगरबाट आजदेखि माउण्टेन फ्लाईट सुरु

विराटनगरबाट आजदेखि माउण्टेन फ्लाईट सुरु

विराटनगर, ८ मंसिर । प्रदेश एकको अस्थाई राजधानी विराटनगरबाट आजदेखि माउण्टेन फ्लाईट सुरु भएको छ ।

पहिलो उडानमा प्रदेशका मुख्यमन्त्री सहित मन्त्रीमण्डलका सदस्य र सरकारी उच्चपदस्थ कर्मचारीहरुले भ्रमण गर्नुभएको छ । प्रदेश एकको पर्यटन विकासको नीति तथा कार्यक्रमलाई टेवा पुर्याउने उद्धेश्यले विराटनगरबाट माउण्टेन फ्लाईट शुरु गरिएको छ । शनिवारबाट शुरु गरिएको माउण्टेन फ्लाइटको पहिलो उडानमा प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियैत,आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो र सामाजिक विकास मन्त्री जीवन घिमिरेसहित प्रदेश मन्त्रालयका सचिव र सहसचिव लगायत उच्चपदस्थ सरकारी कर्मचारी र पर्यटन ब्यवसायीहरु सहभागि भएका छन । माउण्टेन फ्लाईटको पहिलो ब्यवसायिक उडान भर्न यति एयरलाईन्सको २९ सिटको जेट स्ट्रीम विमान शनिवार बिहान विराटनगर रनवेबाट उडेको थियो । विहान ७.४० मा उडेको विमान ५५ मिनेटको पर्वतीय उडान भरेपछि फेरी विराटनगर विमानस्थलमा अवतरण गरेको थियो । मनमोहक हिमालहरुको दृष्यावलोकन गरेर फर्किनुभएका प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले माउण्टेन फ्लाईटले आन्तरिक र बाहय पर्यटकहरुलाई प्रदेश एकमा आउन आर्कषित गर्ने विश्वास ब्यक्त गर्नुभयो । प्रत्येक शनिवार उडान भर्नेगरि शुरु गरिएको माउण्टेन फ्लाईटबाट प्रदेश १ मा रहेका सर्वोच्च शिखर सगरमाथा, ल्होत्से, कञ्चनजंघा, मकालु आदि हिमशिखरहरुको दृश्यावलोकन गर्न सकिनेछ । जसकालागि ९ हजार ९ सय रुपैयाको टिकट निर्धारण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *