Saturday, January 18, 2025
Home > मुख्य समाचार > विराटनगरको ऐतिहासिक श्रीकृष्ण रथयात्रामा मानव सागर

विराटनगरको ऐतिहासिक श्रीकृष्ण रथयात्रामा मानव सागर

एशियामै ठूला मध्येको एक विराटनगरको श्री राधाकृष्ण रथ यात्रा आज सम्पन्न हुंदैछ । धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको रथयात्राको यो ५१ औं संस्करण हो । विभिन्न धर्म र सम्प्रदायका मानिसहरुको उत्साहजनक सहभागिताले विराटनगरको श्रीराधाकृष्ण रथयात्रा धार्मिक सहिष्णुताको पर्वको रुपमा स्थापित भइसकेको पुष्टि गर्दछ । सोमबार दिउसो साढे ३ बजे विराटनगर–१ पानीटंकीस्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट प्रस्थान हुने रथयात्राको नेपाल र भारतकागरी यसपटक लाखौ श्रद्धालुले अवलोकन गरेका छन् । रथयात्रामा सांस्कृतिक नृत्यसहित ६८ वटा टोलीले झाँकीहरु प्रस्तुत गर्नेछन । सुरुमा शंख बजाएर रथयात्रा सुरु भएको शंखघोष गरिनेछ भने त्यसपछि लाखे, दर्जनौं जातिय नृत्य तथा कलश बोकेका महिलाहरु, वेद पाठ, पञ्चेबाजा–गाजाका साथ भगवान श्रीराधाकृष्णको रथयात्रा भव्य रुपमा अघि बढ्नेछ । झांकी र रथको दुरीमा तारतम्य मिलाइ राख्न यसपटक वाकीटकी समेत प्रयोग गरिने भएको छ । विगतका बर्षहरुझैं रथयात्राको ५१ औं संस्करणलाई मकालु टेलिभिजनले सबिस्तार प्रत्यक्ष प्रसारण गर्नेछ । विराटनगरको मान,प्रतिष्ठा,धार्मिकनिष्ठा र ऐतिहासिकतासंग जोडिएको श्रीराधाकृष्ण रथयात्रालाई सफल बनाउनु हामी सबैको कर्तब्य हो । मकालु समाचारकालागि नवीन कर्ण,विराटनगर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *