Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विमानस्थल विस्तारको स्थानीयद्वारा विरोध

विमानस्थल विस्तारको स्थानीयद्वारा विरोध

झापा, १० पुष । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थल विस्तारको नाममा उठिबास बनाउन खोजिएको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।

चन्द्रगढी विमानस्थल विस्तार पीडित संघर्ष समितिले आज दिउँसो चन्द्रगढी विमानस्थलको मुख्य गेटमा विरोध प्रदर्शन गर्दै दुई घण्टा धर्ना दिएका छन् । शान्ति पूर्ण विरोध प्रदर्शनमा उत्रिएका संर्घष समितिमा आवद्ध पीडित स्थानीयलाई प्रहरीले मुख्य गेटमै रोकेका थिए । प्रहरीले गेटमै रोकेपछि स्थानीयले सरकारी निकायविरुद्ध चर्को नाराबाजी गरेका छन् । विमानस्थल विस्तारको नाममा रोक्का गरिएको स्थानीयको घर तथा जमिन फुकुवा गर्नुपर्ने वा उचित मुआब्जासहितको क्षतिपूर्ति तत्काल दिनुपर्ने माग राख्दै विरोध प्रदर्शन गरिएको संर्घष समितिका संयोजक स्वर्णिका सिंहले जानकारी दिनुभयो । करिब दुई बर्षअघि सरकारी पक्षले स्थानीयको सहमति विना घर निर्माणमा रोक लगाएका थिए । एक वर्षअघि जमिन खरिद बिक्रीमा रोक लगाएका थिए । दुई वर्षदेखि अहिलेसम्म कुनै प्रक्रिया अघि नबढेपछि बाध्य भएर विरोध प्रर्दशनमा उत्रिएको उहाँले बताउनुभयो । भद्रपुर वडा नम्बर ८ र ९ पर्ने ५२ घरपरिवारबाट करिब साढे १२ बिघा जमिन चन्द्रगढी नागरिक उडडयान कार्यालय भद्रपुरले विमानस्थल विस्तारका लागि लिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *