Saturday, January 18, 2025
Home > मुख्य समाचार > विप्लवद्वारा नेपाल बन्दका कारण जनजीवन प्रभावित

विप्लवद्वारा नेपाल बन्दका कारण जनजीवन प्रभावित

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना प्रवक्ता तथा स्थायीसमिति सदस्य खड्गबहादुर विश्वकर्मा पक्राउको विरोधमा आज गरेको नेपाल बन्दका कारण जनजीवन प्रभावित भएको छ । बन्दका कारण विराटनगरमा पनि छिटपुट मात्रामा मात्रै सवारी साधन सञ्चालनमा आएका छन् भने बजार पसल पनि खुलेको मोरङ प्रहरीले जनाएको छ । संभावित दुर्घटनालाई रोक्न र बन्दमा अराजक गतिविधी हुन नदिन सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरीले जनाएको छ । बन्दको कारण प्रदेश नं. १ का पहाडि तेह्रथुमलगायतका जिल्ला भने बढी प्रभावित भएका छन् । लामो तथा छोटो दुरीका सवारी साधन चल्न नसक्दा यात्रुहरुलाई सास्ती भएको छ । उता प्रहरीले झापामा आज विप्लवका पाँच जना कार्यकर्तालाई पक्राउ गरेको छ । बन्दमा शान्ति सुरक्षालाई मध्यनजर गर्दै उनीहरुलाई पक्राउ गरिएको झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद र पर्चा, दस्तावेज समेत बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *