Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > विद्युत प्रवाहबाट गैंडा मरेपछि….

विद्युत प्रवाहबाट गैंडा मरेपछि….

चितवन, २७ मंसिर । चौधरी ग्रुपको समेत लगानी भएको मेघौली सेराई होटलका कर्मचारीको लापरबाहीले छाडिएको विद्युत प्रवाहले गैंडा मरेको घटनामा जिल्ला अदालत चितवनले ४ जनालाई जरिवाना तोकेको छ ।

९ जना मध्य अन्य पाँच जनाले सफाइ पाएका छन् । २०७३ साल साउन २५ गते करेन्ट लागेर गैंडा मरेपछि चितवन निकुञ्ज कार्यालयको तर्फबाट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । ९ जना विरुद्ध मुद्दा दायर भएकोमा अन्य पाँचजनाले सफाइ पाएका छन् ।जरिवाना हुनेमा सो होटलका तत्कालीन उच्च कर्मचारीहरु समेत छन् । चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलका अनुसार अदालतले रितेश भट्टलाई एक लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । रितेश भारतीय नागरिक हुन् । त्यसै गरी होटलका नेचर गाइड रहेका अर्का भारतीय नागरिक दिपु शशीलाई अदालतले ५० हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै जिवन महतो र सुनिल महतोलाई पनि ५०,५० हजार रुपैयाँ जरिवाना तोकिएको छ । गैंडा मारेमा १० लाख रुपैयाँसम्म जरिवाना या पाँचदेखि १५ वर्षसम्म कैद वा कैद र जरिवाना दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *