Saturday, January 18, 2025
Home > आर्थिक समाचार > वित्तिय अनुशासन पालना गर्न सहरकारी संस्थालाई सरकारले सचेत गरायो

वित्तिय अनुशासन पालना गर्न सहरकारी संस्थालाई सरकारले सचेत गरायो

काठमाडौ, २९ कार्तिक । सरकारले सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले जनताको लगानी भएको उल्लेख गर्दैै त्यसको सही परिचालनका लागि सहकारी संस्थाहरुलाई वित्तिय अनुशासन पालना गर्न सचेत गराउनु भएको हो । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) ले आज काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले बैंक तथा वित्तिय संस्थाहरुले जसरी नै सहकारी संस्थाहरुले पनि वित्तिय अनुशासन पालना गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । सचिव मैनालीले प्रदेश र स्थानीय तहमा सहकारी संस्थाहरुको नियमनका लागि आवश्यक संस्थागत संरचना र जनशक्ति परिचालनको काममा ढिलाई नहुने पनि जानकारी दिनु भयो । सचिव मैनालीले सहकारी संस्थाहरुको कडा अनुगमन गर्नेगरी सरकारले को–अपरेटिभ प्रणालीलाई कार्यान्वयनमा ल्याएको पनि स्मरण गराउनु भयो । कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् सहकारी अभियन्ता केशव बडालले गलत बाटोमा लागेका सहकारी संस्थाहरुलाई कार्वाही गर्न सरकारसँग माग गर्नु भयो ।

नेता बडालले सहकारी संस्थाहरुको उचित व्यवस्थापन गरेर यसको प्रभावकारी परिचालन गर्न सरकारले ढिलाई गर्न नहुने पनि उल्लेख गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *