Saturday, January 18, 2025
Home > मुख्य समाचार > वाईडबडी विमान खरिद प्रकरण : सांसदहरुद्धारा ध्यानाकर्षण

वाईडबडी विमान खरिद प्रकरण : सांसदहरुद्धारा ध्यानाकर्षण

काठमाडौ, १९ मंसिर । वाईडबडी विमान खरिद प्रकरणबारे छानविन गर्न गठित समितिमा खरिद प्रक्रियामा संलग्न व्यक्ति लाई नै राखिएको भन्दै सांसदहरुले पर्यटन मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा अन्र्तगतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले विवादित खरिद प्रक्रियामा संलग्न व्यक्ति नै छानविन समितिको सदस्य राखिएको भन्दै गम्भीर आपत्ती जनाएका हुन् । बैठकमा पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीले खरिद प्रक्रिया बारे छानविन समितिको प्रतिवेदन आईसकेकाले मन्त्रालयले त्यसको अध्ययन गरिरहेको बताएपछि समितिमा रहेका सदस्यहरुमाथि नै सांसदहरुले प्रश्न उठाएका हुन् । छलफलपछि समिति सचिव रोजनाथ पाण्डेले वाईड वडी विमान खरिद सम्बन्धी विगतमा मन्त्रालयबाट भएका नीतिगत निर्णय, निर्देशनका प्रतिलिपी माग गर्ने तथा छानविन समितिमा नेपाल वायुसेवा निगमका पदाधिकारी नै रहेको भन्ने सम्बन्धमा समितिमा रहेका सदस्यको नामावली सहित छानविन प्रतिवेदन माग गर्ने तथा श्वेतपत्र, खरिद प्रक्रिया, आधार आवश्यक कागजपत्र लगायत सम्बन्धमा नेपाल वायुसेवा निगमलाई ३८ प्रश्न सोधि पठाउने प्रस्ताव पढेर सुनाउनुभएको थियो । सो प्रस्ताव बारे आगामी २१ गते बस्ने बैठकमा छलफल गरेर मात्रै समितिले यस सम्बन्धमा निर्णय लिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *