Saturday, January 18, 2025
Home > मुख्य समाचार > वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको देउवाको आरोप

वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको देउवाको आरोप

ललितपुर, ३ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।

आज पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवाद तर्फ सोझिएको दाबी गर्नुभएको हो । दुई तिहाईको सरकार गठन संगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको भन्दै उहाँले मलुकको राजनीति सत्ताउन्मुख हुदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाकालागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्न पनि उहाँले नेता कार्यर्तालाई निर्देशन दिनुभयो ।

पार्टीको महासमिति बैठकको सन्र्दभमा राजनीतिक प्रस्ताव मस्यौदा सुझाव संकलनका लागि कांग्रेसले ३ नम्बर प्रदेशका सांसदहरुको भेला बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *