Saturday, January 18, 2025
Home > मुख्य समाचार > वर्तमान सरकारमाथि पौडेलको यस्तो आरोप

वर्तमान सरकारमाथि पौडेलको यस्तो आरोप

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान वाम सरकार गतिहिन बाटोमा लागेको आरोप लगाएका छन् । वामको बहुमत जनताको साथ अझ भनौँ प्रतिपक्ष समेत लचिलो छ उनले भने , तर सरकारको काम गतिहिन छ । जनताले आशा गरे अनुसार काम गर्न किन सक्दैन् । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकारको यस्तो पाराले मुलुक समृद्धि भन्दा अदोगति तर्फ जाने टिप्पणी पनि गरे ।

देश र जनतामा अत्यन्तै निराशा छाएको भन्दै पौडेलले सरकार माक्र्सबादी सद्धान्तबाट समेत बिचलित भएको जिकिर गरेका थिए । सिद्धान्त बिहिन तरिकाले सरकार चल्छ भन्ने कुरो आँफुले कहिल्यै नसोँचेको उल्लेख गर्दै पौडेलले बहानबाजी गरेर प्रधानमन्त्री ओली दायित्व बिमुख बनेको टिप्पणी गरे ।

यस्तै नेपाली काग्रेसका विषयमा पार्टी केन्द्रिय समिती र पदाधिकारी बढाउनु आवश्यक नरहेको बताए । पार्टीको नयाँ विधानबारे विवाद भईरहेका बेला वरिष्ठ नेता पौडेलले त्यसलाई थप बल पुग्ने बताए । नेता पौडेलले सभापतिलाई पनि थप शक्तिशाली बनाउनु आवश्यक नरहेको स्पष्ट पारे ।

“अहिले कै बिधानले सभापतिलाई पर्याप्त अधिकार दिएकोछ, त्यसैलाई कार्यान्वयन गरे पर्याप्त हुन्छ अधिकार थप्नु आवश्यक छैन” वरिष्ठ नेता पौडेलले भने । सभापति विधान विपरित चलेको प्रष्ट देखिएकाले यसलाई कसैले लुकाउनु नपर्ने पौडेलको भनाई थियो । आगामी महाधिवेशमा तपाई सभापतिको उम्मेदवार हो कि होईन ? भनि पत्रकारले सोधेको प्रश्नमा पौडेलले प्रष्ट जवाफ दिएनने। पार्टी बलियो बलियो बनाउने बिषय पहिलो प्राथमिकतामा रहेको पद दोश्रो प्राथमिकतामा रहेको पौडेलले बताए । समय आएपछि सहमतीमै उम्मेदवार तय गरिने पौडेलले स्पष्ट पारे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *