बारा, ६ पुष । रुस्लान सिमरा गोल्डकपको दशौं संस्करण माघ पहिलो साता हुने भएको छ ।
आयोजक नव जनजागृति युवा क्लबले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिता माघ ३ गतेदेखि शुरु हुने जानकारी गराएको हो । अखिल नेपाल फूटवल संघ (एन्फा) को क्यालेन्डर अनुसार प्रतियोगिता १२ गते सम्म सञ्चालन हुनेछ । सिमरा रंगशालामा हुने प्रतियोगितामा यस वर्ष ए डिभिजनका ६, मोफसलको तीन र एउटा बिदेशी क्लब गरी १० टिमको सहभागीता रहने आयोजक क्लबका अध्यक्ष कासिम मियाले जानकारी दिनुभयो । प्रतियोगिताको बिजेताले ६ लाख र उपबिजेताले तीन लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले यस वर्ष पनि मोटरसाईकल वा स्कुटर प्रदान गरिने भएको छ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, हाई स्कोरर, फरवार्ड र प्रशिक्षकलाई जनही २० हजार प्रदान गरिनेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार प्राप्त गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिनुभयो ।