Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > रुसले सम्झौता तोडेको आरोपपछि राष्ट्रपति पुटिनको यस्तो चेतावनी

रुसले सम्झौता तोडेको आरोपपछि राष्ट्रपति पुटिनको यस्तो चेतावनी

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिनुभएको छ । पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले यस्तो चेतावनी दिनुभएको हो । अमेरिका र रुसबीच सन् १९८७ मा छोटो र मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता भएको थियो । राष्ट्रपति पुटिनले आफुहरुमाथि लगाइएको आरोप अमेरिकाले सम्झौताबाट बाहिरिनको लागि गरिएको बाहाना मात्र भएको पनि दाबी गर्नुभएको छ । उहाँले अन्य केही देशले मध्यम दुरीको परमाणु हतियार नबनाउने सम्झौता विपरित हतियार उत्पादन गरिरहेको जिकिर समेत गर्नुभयो । राष्ट्रपति पुटिनले अमेरिकी साझेदारहरुमा परिस्थिति धेरै परिवर्तन भएकाले आफुहरुसँग पनि मध्यम दुरीको हतियार हुनुपर्ने ठान्न थालेको बताउनुभयो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसकै कारणले सम्झौताबाट बाहिरिने चेतावनी दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *