Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन

राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन

काठमाडौं, १३ पुष । राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन भएको छ ।

आज बसेको राष्ट्रियसभाको बैठकले राष्ट्रियसभा नियमावलि २०७५को नियम २ सय ३६ बमोजिम राष्ट्रियसभा नियमावलि २०७५ संसोधन मस्यौदा समिति गठन गरेको हो । नियमावलिमा एउटा बैठक र अर्को बैठकको दुरी ७ दिन भन्दा बढी हुन नहुने विद्यमान व्यवस्थाले विजनेस नभएको बेला पनि बैठक बस्नुपर्ने बाध्यता देखिएपछि सो व्यवस्था संसोधन गर्न लागिएको हो । नियमावलिको धारा ६ को १ मा सभाको बैक बस्ने दिन तोक्दा सभाले अन्यथा प्रस्ताव पारित गरी तोकेमा बाहेक एउटा बैठक बस्ने अवधी र अर्को बैठक बस्ने अवधी बीचको फरक सात दिन भन्दा बढी नहुने गरि तोकिने छैन भन्ने उल्लेख छ । नियमावलिले बैठकको सुरु र अन्त्य अध्यक्षले नै गर्नुपर्ने व्यवस्था गरेको छ । यो प्रावधानले अध्यक्षको अनुपस्थितिमा बैठक प्रभावित हुने भन्दै उपाध्यक्षले पनि बैठकको अध्यक्षता गर्ने व्यवस्था सहित नियमावलि संसोधन गर्न लागिएको हो । आजका बैठकमा राहदानी विधेयक २०७५ पेश भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राहदानी विधेयक २०७५ माथि विचार गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो । अर्को बैठक पुस २० गते शुक्रबार दिउँसो १ बजे बोलाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *