Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > रक्षामन्त्री पोखरेलद्वारा पत्रकारको चर्को आलोचना

रक्षामन्त्री पोखरेलद्वारा पत्रकारको चर्को आलोचना

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सत्यसँग साईनो नै नभएका समाचार सम्प्रेषण गरेको भन्दै पत्रकारहरुको आलोचना गर्नुभएको छ ।

उपप्रधानमन्त्री पोखरेलले जनतालाई सही सूचना दिनेभन्दा पनि सत्तापक्ष र प्रतिपक्षमा विभाजित भएर पत्रकारहरुले हुँदै नभएका कुरालाई समाचार बनाउने गरेको उल्लेख गर्दै आपत्तिसमेत जनाउनुभयो । आज नेपाल पत्रकार महासंघ, काठमाडौं शाखाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सत्तापक्ष र प्रतिपक्ष बन्ने होडमा जनतालाई गलत सन्देश दिने काम पत्रकारहरुले गर्न नमिल्ने पनि स्पष्ट पार्नुभयो । उपप्रधानमन्त्री पोखरेलले आफ्ना कमजोरी भए जस्ताको तस्तै जनतामा ल्याइदिए आफूले पत्रकारहरुलाई सलाम ठोक्ने बताउनुभयो । पत्रकारहरुले ठिकलाई ठिक भन्न सकेमात्रै जनताले सही सूचना पाउने र त्यसले राष्ट्रको पनि हित गर्ने उहाँको भनाई थियो ।

उपप्रधानमन्त्री पोखरेलले पत्रकारहरुले सही सूचना नदिए कतिपय अवस्थामा देशले गम्भिर नोक्सान व्यहोर्नुपर्ने अवस्था आउने तर्क पनि गर्नुभयो । उहाँले पत्रकारहरुले सत्ता पक्ष र प्रतिपक्ष भइरहन जरुरी नभएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *