रंगेली, ४ मंसिर । मोरङको रंगेली स्थित रहेको पब्लिक माध्यमिक विद्यालयमा डिप्लोमा सिभिल इन्जिनियरिङ्गको अध्ययन शुरुभएको छ ।
विद्यालयले एक कार्यक्रमको आयोजना गरी इन्जिनियरिङ्ग कक्षाका विधार्थीहरुलाई अविरमालासहित स्वागत गरी आजदेखि पढाई शुरु गरेको हो । उनीहरुलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् क्षेत्रीय प्रमुख डा. शिव दाहाल लगायतले स्वागत गर्नुभएको थियो । विद्यालयमा सभिल इन्जिनियरिङ्ग अध्ययनका लागि २२ जना विद्यार्थीहरुले भर्ना लिएका छन । प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सि.टी.ई.भी.टी) को सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टी.ई.सी.एस) कार्यक्रम अन्र्तगत पब्लिक माविले ३ वर्षे डिप्लोमा सिभिल इन्जिनियरिङ्ग पठाईको अनुमति पाएको थियो । प्राविधिक शिक्षा अब स्थानीय स्तरमै ह सुरु भएपछि दक्षिणपुर्वी मोरङ्गका स्थानीय विद्यार्थी तथा अभिभावकहरु उत्साहित भएका छन् ।