Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा जोड

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा जोड

काठमाडौं, १३ पुष । सरकारले ‘योगदानमा आधारित समाजिक सुरक्षा कार्यक्रम’ कार्यान्वयनका लागि सक्दो सहयोग गर्न श्रमिक संघ, संगठनहरुलाई आह्वान गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनका लागि सक्दो सहयोग गर्न सबै श्रमिक संघ, संगठनहरुलाई आह्वान गर्नुभएको हो । आज काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदमा बोल्दै उहाँले सो कार्यक्रमको कार्यान्वयनका लागि सरकारले आवश्यक नियमावली, निर्देशिका र कार्यविधि तयार पारिरहेको पनि जानकारी दिनुभयो । योगदान गरेका श्रमिकहरुले औषधि उपचार र पेन्सनसहितको सुविधा पाउने गरी सरकारले सो कार्यक्रम घोषणा गरेको थियो । मन्त्री विष्टले विद्यमान ऐनको प्रभावकारी कार्यान्वयन गर्दै श्रमिकहरुको हितको प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको दाबी पनि गर्नुभयो । मन्त्री विष्टले श्रमिकहरुको हक, हितको उचित व्यवस्था गर्न सरकार क्रियाशील रहेको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *