Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > यसरी गरिएछ वाइडबडि विमानको रकम भुक्तानी…

यसरी गरिएछ वाइडबडि विमानको रकम भुक्तानी…

काठमाडौं, १० पुष । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले महालेखा परीक्षकसँग परामर्श गरेरै वाइडबडि विमानको रकम भुक्तानी गरिएको बताउनु भएको छ ।

मन्त्री अधिकारीले आफू मन्त्री भएलगत्तै महालेखा परीक्षकसँग परामर्श गरेर सो विमानको रकम भुक्तानी गरिएको स्पष्टिकरण दिनु भएको हो । आज सो विमान खरिदका सम्बन्धमा अध्ययन गर्न गठित सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिको बैठकमा समितिका सदस्यहरुले सो विमानको अवस्थानै अध्ययन नगरी किन भुक्तानी दिएको भनि प्रश्न सोधेका थिए । त्यसको जवाफमा मन्त्री अधिकारीले महालेखा परीक्षकको कार्यालयसँग आवश्यक छलफल गरेर भुक्तानी गरिएको बताउनु भयो । सरकारले दुई वटा वाईडबडि विमानका लागि २५ अर्ब भुक्तानी गरेको थियो । मन्त्री अधिकारीले दुवै वाईडबढि विमानको अवस्था नेपाल वायु सेवा निगम र त्यसको लागि ऋण उपलब्ध गराउने नागरिक लगानी कोष र कर्मचारी संचय कोषले ठिक छ भनेपछि भित्रयाइएको दावी पनि गर्नु भयो । दुवै ऋणदाताले पनि विमानको अवस्था हेरेकाले आफूले त्यसमा शंका नगरेको मन्त्री अधिकारीको भनाई छ ।

बैठकमा समितिका सदस्यहरुले सहमति अनुसार वाइडबढि विमान खरिद नगरिएको भन्दै आपत्ति जनाएका थिए । समितिका सदस्य एवम् काँग्रेस सांसद राजेन्द्र केसीले सहमति अनुसार किन विमान खरिद नगरेको भन्दै मन्त्री अधिकारीलाई प्रश्न गर्नु भएको थियो । समितिका अर्का सदस्य पे्रम आलेले सहमतिभन्दा कम क्षमताको विमान खरिद गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले सहमति अनुसार विमान खरिद गर्न नसकेको, सार्वजनिक खरिद ऐन विपरित विमान खरिद गरिएकोलगायतका बारे जिज्ञासा राख्नुभयो ।

संघीय संसदको सार्वजनिक लेखा समितिले सो वाइडबढि विमान खरिदमा कम्तिमा ६ अर्ब घोटाला भएको दावी गर्दै छानवीन गर्न काँग्रेस सांसद केसी नेतृत्वको उपसमिति गठन गरेको हो । उपसमितिले अध्ययन गरेपछि समितिले सो सम्बन्धमा आवश्यक कार्वाही प्रक्रिया अघि बढाउनेछ । उपसमितिको बैठकमा मन्त्री अधिकारीले विमान खरिदमा दोषी भेटिए जोकोहीलाई पनि कार्वाही गर्ने प्रतिवद्धता व्यक्त गर्दै आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *